विषादी मिसाइएको मदिरा सेवन गर्दा मृत्यु

काठमाण्डु टुडे २०७१ साउन ३ गते ४:५६ मा प्रकाशित

कञ्चनपुर, ३ साउन – विषादी मिसाइएको मदिरा पिउँदा कृष्णपुर– १ दोमिल्लाका २१ वर्षीय रेवन्त बुढाको हिजो साँझ मृत्यु भएको छ ।

डायमण्ड नामक मदिरामा खेतबारीमा प्रयोग हुने थायोडिन नामक विषादी मिसाएर पिउँदा बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथले बताए ।
महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा शव परीक्षणपछि आफन्तलाई बुझाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us