
विराटनगर,१८ माघ– लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरीले सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव रहेका छन । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो ।
खानले नाम लिएपछि यादवलाई पक्राउ गरीएको हो । भारतको जोगवनीबाट लागूऔषध ओसारपसार गर्न भरियाको प्रयोग गरेको आरोपमा विराटनगर महानगरपालिका–१४ मा बस्दै आएका सहायक हवल्दार यादव पक्राउ परेका हुन ।
वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत रहेका थिए । अनुसन्धानका क्रममा खानले प्रहरी सहायक हवल्दार यादवले जोगवनीबाट लागूऔषध ल्याउन लगाएको बयान दिएका थिए ।
त्यसपछि उनी पक्राउ परीएको प्रहरी स्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि प्रहरी सहायक हवल्दार अमरनाथ यादवमाथि माथि अनुसन्धान भइरहेको उनले बताएका छन ।