कसले खसाल्यो मलेसियन एयरलाइन्सको विमान ?

काठमाण्डु टुडे २०७१ साउन ३ गते ४:३१ मा प्रकाशित

crassकाठमाण्डु,३ साउन – भन्छन्–बाटो विराएपछि जे पनि हुन सक्छ । कहिलेकाहीँ नहुन पनि सक्छ । मेलेसियन एयरलाइन्सका विमानका लागि बाटो विराउनु नै सिद्धिनु बनेको छ ।

आफ्नो रुट छाडी अन्यत्र गएर बेपत्ता भएको एमएच३७० विमान फेलानपर्दै उसकै एमएच १७ क्षेप्यास्त्र आक्रमणमा परेको छ । चार महिना १० दिनपछिको यो घटनामा पनि संयोग उही मिलेको छ–आफ्नो बाटो छाड्नु । नेदरल्यान्ड्सको आमस्र्टडमबाट क्वालालम्पुरतर्फ बिहिबार उडेको उक्त जहाजले पोल्यान्डको आकासबाट निर्धारित सुरक्षित मार्ग बदलेको थियो ।

युक्रेनको युद्ध प्रभावित इलाकामा दक्षिणबाट तर्काएर अघि बढ्नुपर्नेमा उ बीच पारेर गइरहेको थियो,जसलाई कट्न लाग्दा खसालिएको थियो । र,२ सय ९८ जना बोकेको विमान जमिनसेर दनदनी बलेको थियो । युक्रेनले आफ्नो इलाकालाई उडान प्रतिबन्धित घोषणा गरेको छ । अन्य विमान सेवाहरुले पनि पुर्वी युक्रेनको मार्गमा नउड्ने गरी व्यवस्था मिलाएका छन् ।

त्यहाँ विद्रोहीको पकड छ । पृथकतावादी नियन्त्रित लुहान्स्क र डोनेसस बीचमा विमान खसालिएको थियो । उक्त क्षेत्रमा सरकारी सेनाको कारबाही पनि जारी छ । त्यसैले उनीहरुले एकअर्कालाई खसालेको आरोप लगाइरहेका छन् । घटनासँगै दुईवटा प्रश्न उब्जिएका छन १.विमान युक्रेन सरकारले खसाल्यो या विद्रोहीले ? सुरक्षित रुट छाडेर विमान प्रतिवन्धित इलाकामा किन गयो? रुसले विद्रोहीलाई संघर्षमा सहयोग गरिरहेको र विकसित हतियार उपलव्ध गराइरहेको युक्रेनको आरोप छ ।

‘यसमा रुस जिम्मेवार छ,यसको अन्तराष्ट्रिय अपराध अदालतले छानविन गर्नैपर्छ,’ युक्रेनी प्रधानमन्त्री आरसेनी यातसुन्युकले भने । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चाहिँ भनाइ छ,जुन मुलुकको अन्तरिक्ष मार्गमा यो घटना भयो,उसैको यसको जिम्मेवारी लिनुपर्छ ।’ दुबै पक्षले निस्पक्ष अनुसन्धानको माग गरेका छन्,आजको कान्तिपुर दैनिकमा खबर छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us