
काठमाण्डु,१८ माघ– भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन । पक्राउ पर्नेमा दोलखाको गौरीशङ्कर– ५ का २३ वर्षीय देवबहादुर श्रेष्ठ रहेका छन ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशङ्कर गाउँपालिका–५ का २५ वर्षीय युवराज खड्काको नाममा दुई पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने श्रेष्ठलाई काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जानकारी दिएको छ ।
प्रहरी सहायक हवलदार भूपेन्द्र कार्कीको टोलीले नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिएका छन ।
सोही घटनाको वास्तविक परीक्षार्थी युवराज खड्कालाई कार्यालयमा झिकाई थप अनुसन्धानको लागि कार्यालयको हिरासतमा राखिएको प्रहरीले बताएको छ ।