नेपालले पिउने पानी निर्यात गर्नुपर्छ: अब्दुल खाँ

काठमाण्डु टुडे २०७९ माघ १७ गते १५:५१ मा प्रकाशित

काठमाण्डु,१७ माघ– खानेपानी मन्त्री अब्दुल खाँले नेपालले पिउने पानी निर्यात गर्नुपर्ने बताएका छन । पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन ।

उनले पेट्रोलियम पदार्थ जसरी आयात हुन्छ त्यसैगरी जलश्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपालले पानी निर्यात गरी देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने बताएका छन ।

उनले एक घर एक धाराको अवधारणा अवलम्बन गरेको बर्दघाट खानेपानीको उद्देश्यको सराहना गर्दै मन्त्री खाँले शुद्ध पिउनेपानीबाट कोही पनि वञ्चित हुननहुने बताउँदै क्रमशः शुद्ध पिउने पानीको पहुँच देशका सबै जनतामा पु¥याउनुपर्ने बताएका छन ।

निरीक्षणका क्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवलका प्रमुख सिडिइ विनोद कुमार भुजेलले बर्दघाट खानेपानीले अहिले २४ सै घण्टा पिउने पानी उपलब्ध गराएको र भविष्यमा समेत निरन्तरता दिनको लागि नयाँ आयोजना

सम्पन्नताको अन्तिम चरणमा पुगेको बताउँदै आगामी केही वर्ष आयोजना क्षेत्रमा पिउने पानीको समस्या नहुने उनले बताएका छन । उनले पानी वितरण सँगसँगै शुद्धता र सरसफाइमा ध्यान दिनुपर्ने बताएका बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us