ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गर्ने राप्रपा नेपालका उपाध्यक्ष तामाङ पक्राउ

काठमाण्डु टुडे २०७९ माघ १७ गते १३:४५ मा प्रकाशित

काठमाण्डु,१७ माघ– प्रहरीले राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई पक्राउ गरेको छ ।

प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीकोविरुद्धमा सिंहदरबारस्थित दक्षिण गेटमा उनले नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरीएको प्रहरीले बताएको छ ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनले शाहीलाई बुझाउन भनि साथमा लगेको भ्रष्टाचार सम्बन्धी उजुरी पनि दक्षिण गेटमै च्यातेर फालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us