
काठमाण्डु,१७ माघ– गृहमन्त्री पद दिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलमलमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन ।
पार्टी सभापति रवि लामिछाने आइतबार र मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री प्राप्त गर्ने निर्णय प्रधानमन्त्रीले गरेपछि मात्रै आफ्नो दलमा कसलाई पठाउने भनेर छलफल हुने उनले बताएका छन ।
गृहमन्त्री आफ्नो दलले प्राप्त गर्ने प्रधानमन्त्रीले निर्णय लिएपछि मात्रै सांसद वा गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गरिने ढकालले जानकारी दिएका छन ।
‘पार्टी सभापतिको नेतृत्वमा सरकारमा नजाँदा घाटाहरु पनि देखिन्छन् । सभापति नै गृहमन्त्रीमा जाँदा पनि केही घाटाहरु छन्,’ ढकालले भने, ‘घाटारफाइदा तौलेर र के गर्दा ठिक हुन्छ, क्याल्कुलेसन गरेर निर्णय गर्छौं ।’ आज नै पुनः प्रधानमन्त्रीसँग छलफल हुनसक्ने उनले बताए ।