
काठमाण्डु,१६ माघ– अष्ट्रेलियामा वृद्धामाथि कुटपिट गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । प्रकाउ पर्नेमा नर्स अस्मिता पाण्डे रहेकी छन ।
इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत पाण्डेलाई पक्राउ गरेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जानकारी दिएको छ ।
पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो । पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धासमेत रहेकी छन । पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।