काठमाण्डु, ३ साउन –पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नागार्जुन दरबारमा बस्ने तयारी सुरु गरेका छन् ।
झन्डै दुई वर्षअघि देखि नागार्जुन दरबार प्रवेश नगरेका ज्ञानेन्द्रको परिवार छिट्टै सो दरबारमा जाने तयारीमा लागेको हो । छोरा पारस नेपाल आउने भएपछि पूर्वराजाको परिवार केही समय नागार्जुन र केही समय निर्मल निवास बस्ने तयारीमा लागेको हो ।
उनी विगत दुई वर्षदेखि निर्मल निवासमै बस्दै आएका छन् । ‘नागार्जुन बस्न सबै भवन बगै“चा र बाटोघाटो सफाई सुरु भएको छ, दरबार निकट स्रोतले भन्यो । ’
पूर्वराजाको सचिवालयको आदेश अनुसार निर्मल निकासकै कर्मचारीले नागार्जुन दरबार परिसरभित्र सफा गर्न थालेका छन् । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ