राष्ट्रपतिद्वारा पेश्की खर्च ऐन प्रमाणित

काठमाण्डु टुडे २०७१ साउन २ गते ९:४२ मा प्रकाशित

काठमाण्डु, २ साउन – राष्ट्रपति डा. रामवरण यादवद्वारा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८७ बमोजिम पेश्की खर्च ऐन, २०७१ प्रमाणीकरण भएको छ ।

व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र बाचन गर्दै राष्ट्रपतिले उक्त ऐन प्रमाणीकरण गरेको जानकारी दिए ।

अर्थमन्त्री डा. रामशरण महतले गत साउन ३२ गते व्यवस्थापिका–संसद्मा पेश्की खर्च विधेयक, २०७१ पेस गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us