गण्डकीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री

काठमाण्डु टुडे २०७९ माघ १० गते १०:२९ मा प्रकाशित

काठमाण्डु, १० माघ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

अधिकारीले मंगलबार बिहान बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री भेटेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड र अधिकारीबीच समसामयिक राजनीति, प्रदेश मन्त्रिपरिषद् विस्तारलगायत विषयमा कुराकानी भएको थियो ।

यस्तै गण्डकी प्रदेशमा मन्त्री संख्या कटौती गरिएको जानकारी अधिकारीले गराए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका १२ मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us