श्रीमतीलाई कुटपिट गरी आत्महत्या

काठमाण्डु टुडे २०७१ साउन २ गते ८:२४ मा प्रकाशित

प्युठान, २ साउन – उत्तरी प्युठानको खवाङ–२ मौरीबाङमा श्रीमान्ले श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि आफैले आत्महत्या गरेका छन् ।

एक्काइस वर्षीय धनबहादुर सुनारले अन्दाजी १८ वर्षीया श्रीमती सुमित्रा सुनारलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि आफैँ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमतीको दुवै आँखामा गम्भीर चोट लागेको छ । इलाका प्रहरी कार्यालय बाहानेबाट गएको प्रहरी टोलीले श्रीमान्को शव परीक्षणका लागि जिल्ला अस्पताल बिजुवार पठाएको छ । घाइते श्रीमती सुमित्राको आर्थिक अभावमा हालसम्म उपचार हुन सकेको छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us