किशोरी बलात्कार गर्ने प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा

काठमाण्डु टुडे २०७१ साउन २ गते ८:२१ मा प्रकाशित

अछाम, २ साउन – अछाममा नेपाल प्रहरीका सहायक निरीक्षकबाट १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छिन् ।

घुघुरकोट–२ की ती किशोरीलाई प्रहरी सहायक निरीक्षक लालमणि नाथले जबर्जस्ती करणी गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको छ ।

किशोरीका आफन्तले नाथविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । जाहेरीमा असार ३० गते नाथले किशोरीलाई बलात्कार गरेको उल्लेख भएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए ।

बैतडी रुद्रेश्वर घर भएका ४० वर्षीय नाथ इलाका प्रहरी कार्यालय घुघुरकोटमा कार्यरत छन् । किशोरी बलात्कारको आरोप लागेका नाथलाई जागिरबाट निलम्बन गर्न बिहीबार नै क्षेत्रीय प्रहरी कार्यालयलाई पत्र लेखेको खड्काले बताए ।

आरोपित नाथ घटना भएको भनिएको दिनदेखि नै जिल्ला प्रहरीको नियन्त्रणमा रहेको खड्काले जानकारी दिए । किशोरीको बिहीबार नै जिल्ला अस्पताल मङ्गलसेनमा स्वास्थ्य परीक्षण गरिएको थियो । नाथविरुद्ध बिहीबार नै जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us