
काठमाण्डु, २ माघ– पोखराको सेती नदी खोंचमा आइतबार यति एअरलाइन्सको एटिआर विमान दुर्घटना हुँदा निधन भएकाहरुको शव परिवारको जिम्मा लगाइने भएको छ ।
सनाखत भएकाहरुको शव आज परिवारको aजिम्मा लगाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले प्रक्रिया पुरा गरेर बिहान ९ बजेदेखि सनाखत भएका शव परिवार र आफन्तको जिम्मा लगाइने जानकारी दिए ।
विदेशी नागरिक र पहिचान खुल्न नसकेका शव भने काठमाण्डु ल्याउने तयारी छ । दुर्घटनाग्रस्त विमानमा १५ विदेशी, चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । जसमध्ये आइतबार राति अबेरसम्म ६८ शव भेटिएको छ । हराइरहेका चार जनाको खोजी जारी छ ।