पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत

काठमाण्डु टुडे २०७९ माघ १ गते १७:०५ मा प्रकाशित

काठमाण्डु,१ माघ– पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत गरीएको हो ।

यस्तै दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।

सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा.सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ छन ।

यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us