
काठमाण्डू, २ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्ने बताएका छन ।
आज (शुक्रबार) देखि काठमाण्डूमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेको हिमाल बचाउनका लागि विश्व समुदाय एकजुट हुन आवश्यक रहेको पनि बताएका छन ।
प्रधानमन्त्री ओलीले भने, ‘जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि, र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ ।’
विश्वका विभिन्न तीन दर्जनभन्दा बढी मुलुकका प्रतिनिधि र विश्व बैंक, एसियाली विकास बैंक, विमिस्टेक, सार्कलगायत क्षेत्रीय र बहुपक्षीय अन्तरराष्ट्रिय ६१ सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहेको सगरमाथा संवाद तीन दिनसम्म सञ्चालन हुनेछ।