गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छः प्रचण्ड

काठमाण्डु टुडे २०८२ जेठ २ गते १४:३६ मा प्रकाशित

काठमाण्डू, २ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको दाबी गरका छन ।

 आज (शुक्रबार) मध्यपहाडी लोकमार्ग आन्तर्गत सुदूरपश्चिम स्थिति बैतडीको पाटनबाट भएको जागरण अभियानको उद्घाटन गर्दै माओवादी अध्यक्ष ‘प्रचण्ड’ले सुशासनको खिलापमा सरकार अगाडि बढिरहेको आरोप लगाए । उनले भने, ‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो । सरकारले अहिलेसम्म नियुक्त गर्न सकेको छैन ।

त्यसमा अनेक खलाका चलखेल भइराखेको छ । यी सबै कारणले यो सरकार विल्कुल गलत दिशामा गइराखेको छ, ‘राष्ट्र र जनताको हितविपरित गइराखेको छ । मजदुर किसानको हितविपरित गएको छ ।

हामीले सरकारलाई चुनौती दिएर हिँडेका छौँ । अझै पनि मध्यपहाडी मार्गमा खबरदारी गर्दै जानेछौँ ।’ प्रतिपक्षी दलको खबरदारीलाई सरकारले सुन्न नचाहिरहेको भन्दै प्रचण्डले जनताको आवाजलाई बेवास्ता गरेर भ्रष्टाचार र विकृतिलाई संरक्षण गरे ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी समेत उनले दिएका छन ।

 साथै अध्यक्ष प्रचण्डले मध्यपहाडी लोक मार्ग माओवादीको पहलमा निर्माण भएको पनि बताएका छन । १८८९ किलोमिटर भित्र पर्ने १० वटा ठुला स्मार्ट सिटी बनाउने अवधारणा माओवादीकै अगुवाइमा भएको जिकिर समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us