
थाइल्याण्ड , १ साउन – थाइल्याण्डका पूर्वप्रधानमन्त्री यिङ्लक सिनावात्रालाई त्यहाँको सैनिक सरकारले देश बाहिर जान पाउने अनुमति दिएको छ ।
थाइल्याण्डमा गत मे २२ मा सैनिक कू गरिएपछि राजनीतिक दलका नेता अधिकांश नेताहरूलाई घरैमा नजरबन्द गरिएको छ ।
सो नजरबन्दमा थाई पिउ पार्टीका प्रमुख एवम् निवर्तमान प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पनि नजरबन्दमा राखिएको छ ।
आगामी हप्ता फ्रान्सको राजधानी पेरिसमा उनका दाजु एवम् थाइल्याण्डका अर्का पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्राको जन्म दिनको पार्टीमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।
सो कार्यक्रममा जान अनुमति दिइएको थाइल्याण्डको सैनिक सरकारले बिहीबार जानकारी दिएको समाचारमा जनाइएको छ ।
सैनिक सरकारका प्रवक्ताले पूर्व प्रधानमन्त्री यिङ्लकलाई विदेश जाने अनुमति सरकारले दिएको जनकारी बिहीबार सार्वजनिक गरेका हुन् ।
जुन्ता सरकारका प्रवक्ताले भनेका छन् – उनले आगामी हप्ता देश बाहिर जान पाउँ भनी दिएको निवेदन स्वीकृत भएको छ ।
थाइल्याण्डमा वर्तमान सरकार बनेपछि उनले त्यसको विरोध गरेकी छैनन् र उनी राजनीतिक नभएर सामान्य जीवन व्यतित गरेकाले उनलाई विदेश जान अनुमति दिइएको सैनिक सरकारले जनाएको छ ।
थाइल्याण्डमा निरन्तर आठ महिनासम्म जारी रहेको सडक आन्दोलन र जसका कारण उत्पन्न असहज परिस्थितिका कारण त्यहाँका सैनिक प्रमुखले गत मे २२ मा सत्ता हत्याएका थिए ।
त्यसपछि सैनिकको सो कदमको सामान्य रुपमा विरोध भएको भएपनि सडक आन्दोलन भने हुन सकिरहेको छैन । त्यहाँका सयभन्दा बढी राजनीतिक नेताहरू नजरबन्दमा राखिएको छ । एएफपी