सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

काठमाण्डु टुडे २०८२ असार १३ गते १४:५२ मा प्रकाशित

काठमाण्डू, १३ असार– सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको सामूहिक बलात्कारपछि हत्या भएको हो ।

बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन । प्रहरीका अनुसार घटना १० असारमा भएको हो ।

हत्या आरोपीहरुलाई शुक्रबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेको पाइएको एसपी कार्कीले जानकारी दिएका छन ।

नांगो अवस्थामा ती बालिकाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा बालिकाकै गाउँका आफन्त नाता पर्ने समेतका व्यक्तिहरु पक्राउ परेका छन् । यसको विस्तृत अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us