राष्ट्रपति भण्डारी आज सुनसरी जाँदै

काठमाण्डु टुडे २०७९ माघ १ गते १२:०३ मा प्रकाशित

काठमाण्डु,१ माघ– राष्ट्रपति विद्यादेवी भण्डारी आज आइतबार सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाने भएकी छन ।

आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

उनी केहीबेरमा काठमाण्डुबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र पुग्ने र त्यसपछि अन्य धामको दर्शन तथा पूजाका लागि लाग्ने छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us