एक मन्त्री लिएर लोसपा पनि सरकारमा जाने

काठमाण्डु टुडे २०७९ पुष ३० गते ९:१० मा प्रकाशित

काठमाण्डु, ३० पुस–सरकारलाई विश्वासको मत दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ ।

एक मन्त्री लिएर पार्टी सरकारमा सहभागी हुन लागेको लोसपा प्रवक्ता केशव झाले जानकारी दिए । प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् । २६ पुसमा लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

झाले एक मन्त्रीसहित सरकारमा सहभागी हुन प्रधानमन्त्री र प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष केपी ओलीसँग परामर्श भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us