तीनाउँ खोलाले नबगाएको गुटबन्दी लुतोसँगै फाल्नुपर्छ : नेपाल

काठमाण्डु टुडे २०७१ साउन १ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, १ साउन – एमालेमा नयाँ आर्थिक वर्षको सुरुवातसँगै गुटबन्दी अन्त्य भएको अध्यक्षमा पराजित माधव नेपालले बताएका छन् ।

madhav kumar nepalएमाले नवौं महाधिवेशन समापन समारोहमा बोल्दै नेपालले तीनाउँ खोलाले नबगाएको गुटबन्दी आज साउन १ मा फालिने लुत्तोसँगै फाल्नुपर्ने आग्रह गरेका हुन् । उनले प्यानल खडा गरेर चुनावी प्रतिष्पर्धामा उत्रनु गल्ती भएको स्विकारेका छन् ।

उनले नवनिर्वाचित अध्यक्ष केपी ओलीलाई सफल कार्यकालको लागि बधाइ दिदै आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । ओलीको नयाँ परीक्षाको घडी सुरु भएकाले उनको कार्यकाल सफल या असफल रहने हृदयको विशालतामा देखिने ठोकुवा गरेका छन् ।

विवेक पुर्‍याएर नेतृत्व चुनेकोमा उनले कार्यकर्तालाई पनि बधाइ दिएका छन् ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष झलनाथ खनालले पार्टी एक ढिक्का र झन मजबुत भएको प्रष्ट पारेका छन् । खनालले गुटबन्दीलाई वनमारा झैं फैलाए एमाले सकिनेतर्फ सचेत रहन आग्रह गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष केपी ओलीले पार्टीलाई नयाँ शिराबाट चलाउने दावी गरेका छन् । बाध्य भएर गुटबन्दी गर्नु परेको बताउँदै पहिला जे भएपनि अब सबैलाई समेटेर लैजाने बताएका छन् ।

पराजित साथीहरुलाई विचलित नभई एकबद्ध भएर अगाडी बढ्न आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us