
काठमाण्डु ,२९ पुस– बागमती प्रदेशको सभामुख पदमा गठबन्धनका साझा उम्मेदवार भुवन पाठक विजयी भएका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक विजयी भएका हुन ।
राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत प्रप्त गरेर विजयी भएका छन भनेख उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।
शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।