
काठमाण्डु,२७ पुस– बागमती प्रदेशमा सभामुखका लागि सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।
राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले बताएका छन । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको छ ।
बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुने भएको छ ।