
काठमाण्डु ,२६ पुस- कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकले आफ्ना सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई करसहित गरी ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यसबाहेक, बैंकले लगानीकर्तालाई २ प्रतिशतका दरले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव पनी गरेको छ ।
बैंकको आज बसेको कम्पनीको १ हजार औं सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।प्रस्तावित लाभाश कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।