
काठमाण्डु ,२६ पुस- एनएमबि बैंकका २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०७९ पौष २५ गते, सोमबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष श्री पवन कुमार गोल्याण ज्यूको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो। सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गर्नु भएको थियो ।
उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६।४० अर्ब र कर्जा रु.१८२.०९ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।