बसको ठक्करबाट एकको मृत्यु

काठमाण्डु टुडे २०७१ साउन १ गते ४:१३ मा प्रकाशित

काठमाण्डु,१ साउन – राजविराजबाट काठमाण्डु आउन लागेको ना ५ ख १२६८ नम्बरको रात्रिबसले भैरहवाबाट वीरगन्जतर्फ गइरहेको लु १८ प ७१८८ नम्बरको मोटरसाइकललाई हेटौँडा नारायणढ सडकखण्डको बसामाढीमा आज बिहान ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भारत घर भई हाल भैरहवामा बस्दै आएका उदयकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्करबाट मोटरसाइकलको पछाडि बस्ने भारतकै सोनु सिंह गम्भीर घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us