
काठमाण्डु,१ साउन -नेकपा एमालेको नवौँ महाधिवेशनको औपचारिक समापन भएकाे छ । एमाले केन्द्रीय कार्यालय, बल्खुमा विजयी उम्मेदवारलाई प्रमाणपत्र हस्तान्तरण गरिएकाे छ ।
आजको कार्यक्रममा निवर्तमान अध्यक्ष झलनाथ खनालले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई विधिवत रुपमा पदभार हस्तान्तरण गरेका छन् ।
असार १९ गतेबाट सुरु भएको महाधिवेशन असार २७ गते सकिएको थियो भने असार २८ गतेदेखि मतगणना सुरु भएको थियो ।