लगातार ११ पटक मतदान गर्दा पनि अमेरिकाको प्रतिनिधिसभाले सभामुख पाएन

काठमाण्डु टुडे २०७९ पुष २२ गते १८:१४ मा प्रकाशित

एजेन्सी– अमेरिकामा तीन दिनमा लगातार ११ पटक मतदान गर्दा पनि प्रतिनिधिसभाको सभामुख चुन्न सकिएको छैन ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बिहीबार भएको मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी सभामुखमा पुनस् निर्वाचित हुन नसकेका हुन् ।

बीबीसीका अनुसार उनले आफ्नै दलका सांसदको समर्थन प्रप्त गर्न सकेका छैनन् । नोभेम्बरमा भएको निर्वाचनको परिणामपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको तर त्यो सफल हुन भने सकेको छैन ।

क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकाथीलाई जित्नका लागि २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट छ । तर पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनको विपक्षमा उभिएका छन् ।

रिपब्लिकन सांसद राल्फ नर्मनले केभिन म्याकक्याथीलाई विश्वास गर्न नसक्ने भएकोले मत नदिएको बताएका छन । सन् १८६० पछि अमेरिकी संसदको तल्लो सदनले सभामुख पदका लागि यति धेरै पटक मतदान गरेको यो पहिलो पटक हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us