मधेश प्रदेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाण्डु टुडे २०७९ पुष २२ गते १५:४२ मा प्रकाशित

काठमाण्डु,२२ पुस– मधेश प्रदेशमा प्रदेश सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन ।

उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

१०७ सदस्‍यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र (९), एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी (९) र पाँच स्वतन्त्र सांसद रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us