
काठमाण्डु,२२ पुस– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटवार्ता गरेका छन ।
भेटमा द्विपक्षीय हितका विषयमा र नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका बारेमा कुराकानी भएको बताइएको छ ।
भेटमा राजदूत थोम्पसनलाई श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएका श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।