
जाजरकोट,२२ पुस– जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा २३ वर्षीया पवित्रा रावत रहेकी छन ।
घाँस काट्ने क्रममा बादे भीरबाट लडेर रावतको ज्यान गएको स्थानीयले जानकारी दिएका छन । स्थानीय सत्यनारायण बस्नेतका अनुसार घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते भएकी रावतको घर ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।