११ हजार भोल्टेजले तान्दा एक घाइते

काठमाण्डु टुडे २०७१ असार ३२ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, ३२ असार – ११ हजार भोल्टेज (हाई टेन्सन) विद्युतले तान्दा नेपालटार गाविसमा एक युवक घाइते भएका छन् ।

घरको वरण्डामा लुगा सुकाउन जाँदा अचानक करेन्टले तानेर सडकमा खस्दा उनी गम्भिर घाइते भएका हुन् । हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

वर्षौदेखि ढल्किएको विद्युतको खम्बा विद्युत प्राधिकरणले मर्मत नगर्दा यस्तो डरलाग्दो घटना घटेको स्थानियले बताएका छन् ।

सोलुखुम्बु घर भई नेपालटारमा डेरा गरी बस्ने विशाल मगर नेपालटार बहुमुखी क्याम्पसका विद्यार्थी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us