पाल्पामा बस दुर्घटना, ६ महिलाको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०७९ पुष २२ गते ८:१७ मा प्रकाशित

पाल्पा, २२ पुस– पाल्पामा गएराति भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।

मृतक सबै महिला छन् । रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर गएको ग१ख ४९७७ नम्बरको बस रैनादेवी छहरा गाउँपालिका–८, खुर्सानेमा दुर्घटना भएको हो ।

बस सडकबाट ५० मिटर तल भिरमा खसेको प्रहरीेले जनाएको छ । मृतक सबै उकै गाउँका छन् । उनीहरुको सनाखत हुन भने बाँकी छ । रातिको समयमा घटना भएकाले उद्धारमा समस्या भएको थियो । बसले अझै ६ जना किचिएको अवस्थामा छन् ।

उनीहरुको उद्धार प्रयास भइरहेको पाल्पा प्रहरीका निरीक्षक श्रीराम भट्टले जानकारी दिए । भट्टका अनुसार घाइते १५ जनाको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । त्यसमध्ये १३ महिला छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us