
काठमाण्डु ,२१ पुस -ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापीरुपमा“मेरी उनीलाई स्वस्थ नारी पहलअभियान” सञ्चालनगर्दैछ ।
बैंकले हरेक प्रदेशमाशुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्कमहिला स्वास्थ्य शिविरको सञ्चालनगर्नेछ ।शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धीविभिन्न सेवाहरु जस्तै महिलाहरुको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधीवितरण लगायतका सेवाहरु निःशुल्क रुपमाउपलब्धहुनेछन् ।
प्रत्येकशिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्तालागेका ५ जनागम्भीर बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्थाभएका १ जना गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहलकार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
नेपाल परिवार नियोजन संघसँगको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका÷नगरपालिकाको समन्वयमा सम्पन्नहुने यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को ईलामजिल्ला, ईलामनगरपालिका वडा नं. १, साँखेजुङ्ग स्थित वडा कार्यालयको प्राङ्गणमा पौष २२ गते, मधेश प्रदेशको रौतहट जिल्ला, फतुवाविजयपुर नगरपालिक वडा नं. ७ स्थित रौतहट प्राथमिकउपचार केन्द्रमा पुस २२ गते, बाग्मतीप्रदेशको दोलखाजिल्लाकालिन्चोक गाउँपालिका वडा नं. ६, लापिलाङ्ग स्थित पारच्याङ स्वास्थचौकीमा पुस २२ गते, गण्डकी प्रदेशको बागलुङ जिल्ला, निसिखोलागाउँपालिका–३, झिवाखोला स्थित बोहोरा गाउँ स्वास्थचौकीमा पुस १६ गते, लुम्बिनी प्रदेशको रोल्पाजिल्ला, रुन्टी गढी नगरपालिका, होलेरी स्थित होलेरी प्राथमिक स्वास्थ केन्द्रामा पुस २२ गते, कर्णालीप्रदेशको सुर्खेत जिल्ला, लेकबेसी नगरपालिका वडा न ६, कल्याण स्थित कल्याण स्वास्थचौकीमा पुस २५ गते र सुदूरपश्चिम प्रदेशका डोटी जिल्ला, जोरायाल नगरपालिका वडा नं. ५, खहडा स्थित गडशेरास्वास्थचौकीमा पुस २३ गते निःशुल्कमहिला स्वास्थ्यशिविर सञ्चालनहुनेछन् ।
स्वास्थ्यशिविरले ग्रामीण तथाअर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभावपार्ने विश्वास बैकले लिएको छ ।बैंकले प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँचनभएका दुर्गम स्थानहरूमापुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजनागर्ने गरेको छ ।
ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्यशिविरहरुको आयोजना गरी विशेषत ग्रामीण भेगका महिला तथा आमनागरिक हरुलाई प्रत्यक्षरुपमा लाभान्वितगर्दै आएको छ ।