
काठमाण्डु ,२१ पुस -पछिल्लो समय उकालो यात्रामा लागेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार पनी बढेर बन्द भएको छ ।
दिनभर उतारचढाव भएको नेप्से १८.०९ अङ्कले बढ्दै २१४३.९३ विन्दुमा बन्द भएको छ। यस्तै साताको अन्तिम कारोबा रकम पनी बढेको छ। बिहीबार ५ अर्ब ४ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ।
बिहीबार बैंकिङ उपसमूह ०.३१ प्रतिशत र अन्य उपसमूह ०.८७ प्रतिशतले गिवाट हुँदा होटल तथा पर्यटन उपसमूह ५.७५ प्रतिशतले वृद्धि भएको छ । आज नेप्सेमा कुल ५ अर्ब ४ करोड ७ लाख ४१ हजारको कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको मात्रै ४३ करोड १९ लाख ६७ हजारको कारोबार भएको छ ।
यस्तै रिडी पावरको २१ करोड ४१ लाख ८ हजार र हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७९ हजारको कारोबार भएको छ । बिहीबार नेप्सेमा कुल २१३ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १४७ कम्पनीको सेयरमूल्य बढेको छ ।
आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भने ६२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये ५ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशत र २ कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।