सुनको मूल्य बढेर यो वर्षकै उच्च बन्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०७९ पुष २१ गते १३:२२ मा प्रकाशित

काठमाण्डु ,२१ पुस- वीहीबार सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ ।

यो मूल्य २०७९ कै उच्च मूल्य भयको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनायको छ। बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको महासंघले जनायको छ। बुधबार छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख २ हजार ४ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us