ओली अध्यक्ष हुँदैमा सरकार परिवर्तन हुदैन : राणा

काठमाण्डु टुडे २०७१ असार ३२ गते १२:२६ मा प्रकाशित

भक्तपुर, ३२ असार – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले एमालेमा नयाँ नेतृत्व आएपनि सरकारको समीकरणमा परिवर्तन नहुने बताएका छन् ।

Pashupati-Shamsher-Ranaरफत सञ्चार क्लव भक्तपुरले बुधबार आयोजना गरेकोे साक्षात्कार कार्यक्रममा नेता राणाले तत्काल सरकार परिवर्तन नहुने दाबी गरेका हुन् ।

ओली एमाले अध्यक्षमा निर्वाचित हुँदैमा राष्ट्रिय राजनीतिमा पनि कुनै फरक नपर्ने उनले बताए ।

अध्यक्ष राणाले पार्टीभित्रका केही समूहले पार्टीलाई विखण्डनतर्फ लैजान खोजिरहेको बताउँदै सूर्यबहादुर थापाले केन्द्रीय समितिमा पार्टी अध्यक्ष त्यागेपछि १०३ मा ८२ सदस्यले आफूलाई अध्यक्ष बनाएको प्रष्ट्याए ।

पार्टीलाई मिलाउन खोज्दाखोज्दै केही साथीले निर्वाचन आयोगको ढोका घच्चघच्याउनु उचित नभएको उनको भनाइ थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us