खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्यो भने रेडकार्ड नै पाउँछ: केपी ओली

काठमाण्डु टुडे २०७९ पुष १७ गते १६:०५ मा प्रकाशित

काठमाण्डु,१७ पुस– एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् । आज आइतबार मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उनले यस्तो बताएका हुन ।

उनले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने बताएका छन । उनले दैनिक जीवनमा व्यवहारिक जीवनमा, लेनदेन कारोबारमा केहीमा पनि फउल खेल्न हुँदैन, राजनीतिमा पनि फल खेल्नु हुँदैन’ उनले भने, ‘फउल खेल्यो भने एल्लो कार्ड, कहिले कहिले त रेड कार्ड नै पाउँछ ।

ओलीले राम्रो खेलाडीले कहिल्यै फउल नखेल्ने बताएका छन । राम्रो खेलाडीले गोल गर्छ, पोस्टमा हान्छ नराम्रो खेलाडीले अरुको खुट्टामा हान्छ ।

खुट्टामा हान्ने सफल हुँदैन, पोस्टमा हन्ने सफल हुन्छ’ उनले भने । समाजको कुनै पनि क्षेत्र अनुशासनमा चलेन भने सफल नहुने ओलीले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us