
काठमाण्डु,१५ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम ९एमडीएमएस० प्रणाली तत्काल लागू नगर्न निर्देशन दिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो ।
नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।
विदेशमा काम गरेर फर्किएकाहरुले आफ्ना परिवारका सदस्यका लागि नेपाल ल्याएका मोबाइलको पनि कर र भन्सार महसुल तिर्नैपर्ने गरी एमडीएमएस प्रणाली सुरु हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।
प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएलगत्तै प्राधिकरणले तत्कालका लागि एमडीएमएस प्रणाली कार्यान्वयन रोक लगाएको छ ।