काठमाण्डु, ३१ असार नेकपा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशनमा नेतृत्व चयनका लागि
भएको निर्वाचनको परिणाम राम्रो आएको प्रतिक्रिया दिएका छन् ।
निर्वाचन परिणाम आएपछि दशरथ रंगशालास्थित कबर्ड हलबाट बाहिरिनेक्रममा मंगलबार सञ्चारकर्मीसँग खनालले नयाँ परिणामले पार्टी एकता र सुदृढिकरणका लागि सहयोग गर्ने दाबी गरे ।
पदाधिकारीमा आएको परिणामबाट आफू खुसी भएको भन्दै उनले परिणमले एकता र सुदृढीरणलाई सहयोग गर्छ भन्ने विश्वास व्यक्त गरे । प्रतिनिधिले विवेकसम्मत मतदान गरेको उनको भनाइ थियो ।
निर्वाचनका बेला दुई ध्रुवमा बाँडिएको एमालेलाई आफूले एकताबद्ध पारेर लैजाने उल्लेख गरे । निर्वाचन धाँजा फाटेका छन्,उ नले भने, सबैलाई एक ठाउँमा ल्याउने काम गर्छु । मेरो भूमिका सबैलाई समन्वय गर्ने खालको हुन्छ ।