पदाधिकारीमा ओलीका सात, नेपालका सात

काठमाण्डु टुडे २०७१ असार ३१ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, ३१ असार– नेकपा एमालेको नवौं महाधिवेशनबाट पदाधिकारीमा केपी शर्मा ओली र kp- madhavमाधवकुमार नेपाल दुवै समूहका नेता बराबर संख्यामा विजयी भएका छन् ।
दुई पक्षले प्यानल बनाएर निर्वाचनमा भाग लिएपनि पदाधिकारीमा भने मिश्रित नतिजा आएको हो ।
महाधिवेशनद्वारा विधान संशोधन गर्दै एमालेले १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको थियो ।
निवर्तमान अध्यक्ष झलनाथ खनाल भने पदेन पदाधिकारी हुने व्यवस्था छ ।
ओली पक्षले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, एक उपमहासचिव र दुई सचिव पद जितेको छ । नेपाल अध्यक्षमा पराजित भए पनि उनी पक्षका उपाध्यक्षमा पाँचमध्ये ३, एक उपमहासचिव र पाँचमध्ये ३ सचिवमा विजयी भएका छन् ।
पदाधिकारीमा ओली पक्षका अध्यक्षमा उनीसहित उपाध्यक्षमा वामदेव गौतम र विद्यादेवी भण्डारी, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल, सचिवमा प्रदीप ज्ञवाली र पृथ्वी  सुब्बा गुरुङ विजयी भएका छन् । यस्तै नेपाल पक्षबाट उपाध्यक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिवमा, घनश्याम भुषाल र सचिवमा गोकर्ण विष्ट,  योगेश भट्टराई र भीम आचार्य निर्वाचित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us