विष्णु पौडेल उपप्रधानसहित गृहमन्त्री
काठमाण्डु टुडे
२०७९ पुष १० गते २२:४६ मा प्रकाशित
काठमाण्डु, १० पुस– प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।एमाले उच्च स्रोतका अनुसार पौडेल उपप्रधानसहित गृहमन्त्री बन्ने करिब निश्चित भएको छ । पौडेल एमाले–माओवादी गठबन्धनकासूत्रधार मध्यका एक हुन् । अध्यक्ष ओलीपछि चुनाव जित्ने दोस्रो वरियतामा पनि पौडेल छन् । आइतबार एमाले, रास्वपा, राप्रपा, राजपा, जनमतसहित सात दल र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीनियुक्त भएका थिए । सोमबार अपराह्न ४ बजे प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ । प्रधानमन्त्रीको सपथलगत्तैसोमबार नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा प्रधानमन्त्री छन् ।