
काठमाण्डु,१० पुस– सत्ता गठबन्धन टुटेपछि नेकपा एकीकृत समाजवादी पार्टी अलमलमा परेको छ । एमाले–माओवादीसहितको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी यात्राबारे अलमलमा परेको हो ।
अकस्मात् राजनीतिक घटनाक्रम फेरिएपछि पार्टीको केन्द्रीय सचिवालयको बैठकमा समग्र अवस्थाबारे छलफल भएको थियो ।
बैठकले परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अगाडि बढ्ने निर्णय भएको महासचिव डा बेदुराम भुसालले बताएका छन ।