सुन चाँदीको मूल्य घट्यो

काठमाण्डु टुडे २०७९ पुष ८ गते १२:३६ मा प्रकाशित

काठमाण्डु ८ पुस नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले सुनको मुल्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बतायको छ। हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख तीन सय तोकिएको हो।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य रू एक लाख एक हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले घटेर प्रतितोला रु एक हजार तीन सय ९० कायम भएको महासङ्घले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us