
काठमाण्डु ८ पुस साधना लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ ।
बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत सेयर वितरण गर्ने निर्णय गरेको हो ।असार मसान्तमा कायम चुक्ता पुँजीको १९ प्रतिशत अर्थात ६ करोड १० लाख ३२ हजार ८४५ रूपैयाँ बोनस सेयर वितरण गर्ने कम्पनीले बतायको छ।
कर प्रयोजनका लागि १ हुन आउने रकम ३२ लाख १२ हजार २५५ रूपैयाँ नगद लाभांश पनि दिने भएको छ । यस कम्पनीले अघिल्लो वर्ष भने २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।