माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतक हितराज पाण्डे

काठमाण्डु टुडे २०७९ पुष ७ गते १६:१९ मा प्रकाशित

काठमाण्डु,७ पुस– नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ ।

आज (बिहिबार) पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने संसदीय दलको बैठकले चयन गर्ने छ ।

यस्तै नेकपा माओवादी केन्द्रले दलको प्रमुख सचेतक भने हितराज पाण्डे बनाउने भएको छ । उकत बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us