पूर्वयुवराज शाह गाँजासहित थाइल्यान्डमा पक्राउ

काठमाण्डु टुडे २०७१ असार ३१ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, ३१ असार– पूर्वयुवराज पारस शाह दुई पोका गाँजासहित थाइल्यान्डमा पक्राउ परेका छन् ।

paras 1बैंककमा रहेको पारस निकट स्रोतका अनुसार उनलाई थाई प्रहरीले बैंककस्थित डेबिट होटलमा बसिरहेको अवस्थामा शुक्रबार राति पक्राउ गरेको हो ।

थाई प्रहरीले उनलाई पक्राउ गरी उनको साथबाट दुई पोका गाँजा बरामद गरेको हो।

लामो समयदेखि बैंककमा बस्दै आएका पारस पक्राउको सूचना नेपालस्थित परराष्ट्र मन्त्रालयलाई दिइसकेको पनि स्रोतले जानकारी दिएको छ।

उनी सोमबार प्रहरी हिरासतबाट मुक्त भएकोसमेत बैंककस्थित स्रोतले बतायो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us