
काठमाण्डु,६ पुस– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलमा विजयी भएका सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पौडेलले देउवालाई बधाई दिएका हुन् । संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेको पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएको तस्वीर सार्वजनिक गरेका छन् ।
०६४ मा देउवालाई संसदीय दलमा पराजित गरेर पौडेल दलको नेता बनेका थिए भने ७२ मा देउवासँग पराजित भएका थिए । पौडेल प्रस्तावक बसेको संसदीय दलको चुनावमा देउवा भारी मतान्तरले निर्वाचित भएका छन् ।
आज बिहान भएको दलको नेताको निर्वाचनमा देउवाले ६४ भोट पाउँदा महामन्त्री गगन थापाले २५ मत प्रप्त गरेका थिए ।