देउवालाई उम्मदेवारी फिर्ता लिन गगन थापाको आग्रह

काठमाण्डु टुडे २०७९ पुष ५ गते १५:२६ मा प्रकाशित

काठमाण्डु,५ पुस– कांग्रेस संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट उम्मेदवार दर्ता गराएका कांग्रेस महामन्त्री गगन थापाले उम्मदेवारी फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

आज सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका छन् ।

उनको प्रस्तावकमा डा शेखर कोइराला छन् भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन् । उनीभन्दा अगाडि सभापति देउवाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए ।

महामन्त्री थापाले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका छन् । उनले कांग्रेसका सांसदहरुलाई जनमतको सम्मान गर्न र परिर्वतनको पक्षमा उभ्याउन आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us